रामेछापबाट पहिलो पटक सांसद बनिन माझी



१४ पुस, रामेछाप ।
रामेछापबाट रीता माझी प्रदेश नम्बर ३ को लागि समानुपातिक सांसद बनेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट रीता माझीलाई सांसद बनाएको हो ।
राप्रपाले शुक्रबार चयन गरेको तीन समानुपातिक सदस्यमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानी गाईखुराकी रिता माझीलाई समानुपातिका सांसद बनाउने निर्णय गरेको हो ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा इन्दिरा राई, प्रदेश ३ मा रीता माझी र ६ मा शोशीला शाहीको नाम सिफारिस गरिएको हो । राई झापा, माझी रामेछाप र शाही कालीकोटकी हुन् ।

राप्रपाको महिला विभागको केन्द्रीय सदस्य समेत रहेकी माझी नेपाल माझी महिला उत्थान संघकी केन्द्रीय अध्यक्ष समेत हुन् । उनी संविधानसभाको दोस्रो निर्वाचन र स्थानीय तहको निर्वाचनमा समेत प्रत्यक्ष उम्मेदवार रहेकी थिइन । उनले संस्था मार्फत माझी समुदायमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्