न्यायमा पहुँच पुर्याउन रामेछापका ८ उपप्रमुख एकै ठाउँ



१५ पुस, काभ्रे ।
न्यायिक समितिको न्यायमा पहुँच आवश्यकता र औचित्यको बारेमा आयोजित अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । न्यायमा पहुँचका लाग स्थानीय न्यायिक समितिको भूमिका विषयक दुई दिने अन्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न भएको हो ।

सर्वोच्च अदालतद्धारा आयोजित अन्तक्रिया कार्यक्रममा सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली न्यायिक समितिको बारेमा प्रकाश पारेका थिए । अन्तक्रिया कार्यक्रममा रामेछाप, दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोकका स्थानीय तहको न्यायिक समितिको संयोजक (उपप्रमुहरु) को सहभागीता रहेको थियो ।


कार्यक्रममा न्यायिक समितको आवश्यकता, औचित्य र अदालतसँगको सम्बन्धको बारेमा छलफल भएको थियो । गाउँपालिका र नगरपालिकाका न्यायिक समितिको काम कर्तव्य अधिकार क्षेत्र, आचारसंहिता, मेलमिलापको सिद्धान्त महत्व र न्यायिक समितिको कर्तव्यको बारेमा छलफल भएको रामेछाप जिल्ला दोरम्बा गाउँपालिकाका उपप्रमुख कृशला घिसिङले बताइन । अन्तक्रिया कार्यक्रममा पाँच जिल्लासँगै रामेछापको ८ वटै स्थानीय तहका उपप्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्