इमान्दार चालक जसले फिर्ता गरे भेटाएको पैसा



१६ पुस, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका लागि यात्रु हतार–हतारमा जाने र आउने गर्छन्। हतारमा ट्याक्सी चढ्दा ट्याक्सी नम्बरको खासै वास्ता गर्दैनन्। नम्बर थाहा नहु“दा ट्याक्सीमा सामान छुटे पनि पाउने सम्भावना कमै हुन्छ।

तर बा१ज ५१३ नम्बर ट्याक्सीका चालक सुरेन्द्रप्रसाद नेपालले आफूले भेटाएको २ लाख २५ हजार रुपिया“ सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ। डोटी जिल्लाका पूर्वसांसद गौरी ओली र जिल्ला समन्वय समिति डोटीका संयोजक राम ऐर शुक्रबार सा“झ धनगढी विमानस्थलबाट काठमाडौं ओर्लिनुभयो। डोमेस्टिक विमानस्थलबाट ट्याक्सी चढेर आफ्नो निवास थापागाउ“ पुग्नुभयो। उहा“लाई आफ्नो ब्यागमा रहेको सो रकम छुटेको शनिबार बिहान मात्रै थाहा भयो। उक्त रकम पाउने आस मरिसकेको भए पनि झिनो आशाले प्रहरीमा खबर गर्नुभयो उहा“ले। प्रहरीले पनि तत्कालै आफ्नो युनिटलाई परिचालित गरायो।

पूर्वसांसद ओली शनिबार बिहानै पैसाको खोजीमा विमानस्थलमा रहेको सीसी क्यामेराको फुटेजको खोजीमा पुग्नुभयो। नभन्दै प्रहरीले सीसी क्यामेराको सहयोगले निज ओली चढेको बा१ज ५१३ नम्बरको ट्याक्सी पत्ता लगायो। तर प्रहरीले ट्याक्सीमा छुटेको ब्यागको खोजी प्रक्रिया अगाडि बढाउन नपाउ“दै चालक नेपाल नै पैसा बुझाउन विमानस्थल प्रहरीकहा“ पुग्नुभयो।

सात वर्षदेखि उक्त विमानस्थलमा ट्याक्सी चलाउ“दै आएका सिन्धुपाल्चोक सा“गाचोक गढी–४ का चालक नेपालले शनिबार बिहान ट्याक्सी सफा गर्दा सिटको कुनामा रहेको रातो झोलामा सो रकम भेटाएको बताउनुभयो। सो रकम सम्बन्धित व्यक्तिलाई नै बुझाउन पाउ“दा ठूलो आनन्द आएको उहा“को भनाइ छ।

‘सो पैसा कहा“ बुझाउने भनेर सोच्न नपाउ“दै साथीको फोन आयो’, उहा“ले भन्नुभयो– ‘मैले साथीलाई पैसासहितको ब्याग भेटाएको छु, कोही खोज्न आएको छ भने ढुक्क भए हुन्छ, म पैसा लिएर आउ“दै छु भनेर खबर पठाए“।’ चालक नेपालले यसअघि भारतीय मूलका यात्रुले यसरी नै ट्याक्सीमा छोडेर गएको एक लाख भारु इमानदारितापूर्वक फिर्ता गरेको स्मरण गर्नुभयो।
ट्याक्सीमा सामान छुटेपछि त्यसको दोष चालकले पनि भोग्दै आएका छन्। त्यही भएर डोमेस्टिक विमानस्थलमा रहेको करिब ५० जना ट्याक्सी चालकले यात्रुले ट्याक्सीमा छोडेर गएको जुनकुनै सामान समितिमा बुझाउनुपर्ने नियम लागू गरेका छन्। ट्याक्सी चालकहरूले स्टेसनमा रोकिएको ट्याक्सी चढ्न यात्रुहरूस“ग आग्रह गरेका छन्।

सामान समितिमा बुझाउनुपर्ने नियम नै बनाएर कार्यान्वयन गरेका छन्। चालकहरूले अखिल नेपाल यातायात मजदुर संघ डोमेस्टिक विमास्थलमा इकाइ खडा गरेर नै हराएको सामान सम्बन्धित यात्रुलाई फिर्ता गर्ने गरेका छन्। यसअघि हराएको सामान समितिमा नबुझाउने चालकलाई निष्कासन गरेको एकाइ सभापति नेत्रबहादुर थापामगरले बताउनुभयो। ‘ट्याक्सी चालकलाई यात्रु ठग्यो भन्छन् तर हामीलाई यस्तो नभनिदिऊन्, हामी यस्तो आरोप खेप्न चाह“दैनौं। भेटाएको सामान सम्बन्धित व्यक्तिलाई खबर गरेर फिर्ता गर्छौं।’ –उहा“ले भन्नुभयो।
पूर्वसांसद ओलीले ट्याक्सी नम्बर पत्ता लगाएर चालकलाई फोन गर्नेबित्तिकै आफूस“ग पैसा रहेको स्वीकार गर्दै पैसा लिएर आएकोमा असाध्यै खुसी लागेको बताउनुभयो। ‘राति ट्याक्सी चलाउ“दा यात्रुले
लिएर गएको भनेर पनि चालकले भन्दा पत्याउने अवस्था थियो, मैले थाहा नै पाइन“ पनि भन्न सक्नुहुथ्यो’, उहा“ले भन्नुभयो– ‘चालकको इमानदारिताकै कारण हराएको पैसा पायौं।’ एयरपोर्टमा ट्याक्सी चढ्दा स्टेसनबाटै चढ्न पनि उहा“ले आग्रह गर्नुभयो। प्रहरीले एक घण्टाभित्र नै ट्याक्सी नम्बर पत्ता लगाएर सहयोग गरिदिएकोप्रति उहा“ले खुसी व्यक्त गर्नुभयो।
पूर्वसांसद ओलीका श्रीमान् रामबहादुर ऐर जिल्ला समन्वय समिति डोटीका संयोजकसमेत हुनुहुन्छ। उहा“ले भन्नुभयो– ‘हराएको पैसा पाइन्छ भन्ने ९९ प्रतिशत पनि आस थिएन, एयरपोर्टमा ट्याक्सी चालेकहरूको समिति छ भन्ने पनि थाहा भएन, स्टेसनबाट ट्याक्सी चढ्दा हराएको सामान पनि पाइ“दो रहेछ।’ इमानदारिताको खडेरी परेका बेला चालकले भेटाएको पैसा जस्ताको तस्तै फिर्ता गरेको देख्दा अझै इमानदारहरू रहेको पुष्टि भएको बताउँदै पूर्वसांसद् ओलीले चालक नेपाललाई ५ हजार रुपियाँ पुरस्कार दिएको जानकारी दिनुभयो।

–नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्