रामेछापमा मेलमिलाप दिवसःठूलो बन्ने होडबाजीले राजनीति विग्रियोःकार्की



१६ पुस, रामेछाप ।
जिल्ला कार्य समिति रामेछापले ४२ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । रामेछापको सदरमुकाम मन्थलीमा रहेको बिपिको शालिकामा माल्यापर्ण गरी मेलमिलाप दिवस मनाइएको हो । कार्यक्रममा नेपाली कांग्रेस रामेछापका सभापती लवश्री न्यौपाने मिलेमिलाप दिवसको सान्र्दभिकता अहिले पनि आवश्यकता रहेको बताए ।

उक्त कार्यक्रममा कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले बिपीले भन्नुभएजस्तै ठूलो मानिस हुने भन्दा पनि असल मानिस हुनुपर्ने बताए । उनले भने, ‘अहिले असल मानिस हुने भन्दा पनि ठूलो मान्छे बन्ने होडबाजी चलेको छ, जसको कारण राजनीति विग्रिएको छ ।’ उक्त कार्यक्रममा रामेछाप काग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ, डा. सुमन कर्माचार्य लगायतले मेलमिलाप दिवसको चर्चा गरेका छन् ।

आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका कांग्रेस नेताहरु राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फर्किएका थिए । तर त्रिभुवन विमानस्थलबाटै कांग्रेस नेताहरुलाई पक्रेर सुन्दरीजल बन्दीगृहमा लगिएको थियो । सोही दिनको सम्झनामा पुस १६ गतेलाई कांग्रेसले मेलमिलाप दिवसका रुपमा मनाउदै आएको छ ।,

 

प्रतिक्रिया दिनुहोस्