रामेछापमा वडा अध्यक्षद्धारा पदको दुरुपयोग गर्दै फर्जी नागरिकता सिफारिस



१९ पुस, रामेछाप ।
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले पदको दुरुपयोग गरि रामेछाप जिल्लाको नागरिक नभएका ब्यक्तिलाई नागरिकता सिफारिस गरि बनाइदिएका छन् ।
उमाकुण्ड गाउँपालिका–७ की दुनिमाया सुनुवारलाई नक्कली आमा बनाएर जिल्ला बाहिरका ब्यक्तिलाई नागरिकताको लागि सिफासिर दिएका हुन् । वडा अध्यक्षले दुनिमायालाई नक्कली आमा बनाएर अपरिचित ब्यक्तिलाई निशान सुनुवारको नामबाट नागरिकता सिफारिस गरिदिएका थिए ।


निशास सुनुवार नाम राखेर रामेछाप जिल्ला प्रशासन कार्यालयबाट ती अपरिचित ब्यक्तिले २०७४ साल जेष्ठ २१ गते नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय रामेछापको ढड्डाबाट खुल्न आएको छ ।
आमा बनेकी दुनिमाया सुनुवारको आफ्ना छोराहरु ३ भाई मात्र रहेका छन् । दुनीमायाको जेठो छोरा टंकराज सुनुवार, माइला छोरा अनमोल सुनुवार र कान्छा छोरा श्याम सुनुवार रहेका छन् ।


निशान सुनुवरको नाममा बनेको नागरिकतामा दुनिमाया सुनुवारले आमा बनेर सनाखत गरेकी छन् भने वडा अध्यक्ष रुद्रमणी नेवारले सिफारिस गरेका छन् ।
दुनिमायाले आफ्नो छोरा भनि सिफारिस माग्न आएकाले आपूmले सिफासिर पत्रमा हस्ताक्षर गरिदिएको वडा अध्यक्ष रुद्रमणी नेवारले बताए । वडा सचिव केशर बहादुर खत्रीले नागरिकताको सिफारिस फर्म आपूmलाई दिएपछि सिफारिसमा हस्ताक्षर गरिदिएको अध्यक्ष नेवारले रामेछाप न्युजलाई बताए ।
नागरिकता सिफारिसको लागि सपोर्टमा राखिएको एसएलसीको सर्टिफिकेट समेत नक्कली रहेको पाइएको छ । २०७० सालमा माउन्ट सेभ स्कूल जडिबुटी कोटेश्वरबाट एसएसली पास गरिएको छ ।

उमाकुण्ड–७ मा निशान सुनुवार नाम गरेको ब्यक्ति भएको तर उनी प्रकाश सनुवारको छोरा भएको स्थानीयले बताएका छन् । प्रकाश सुनुवारका छोरा निशान सुनुवारले भने सोही विद्यालयबाट एसएलसी पास गरेका थिए ।
फर्जि नागरिकता दिएको खुलासा भएपछि भूजीका स्थानीयले गृहराज्य मन्त्रालयमा उजुरी समेत दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्