रामेछापको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुन उम्मेदवारको कति खर्च ?



१९ पुस, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्त उम्मेदवारहरुले खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापमा बुझाएको खर्च वितरणमा रामेछापको प्रतिनिधिसभाका उम्मेदवार बनेका नेपाली कांग्रेस नेता पूर्णबहादुर तामाङ (कान्छारा)ले सबै भन्दा बढी खर्च गरेका छन् । कान्छारामले जिल्ला निर्वाचन कार्यालय मन्थलीमा पेश गरेको खर्च विवरणमा अनुसार २४ लाख ८५ हजार रुपैयाँ बुझाएका छन् ।

निर्वाचन आयोगले २५ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने सीमा तोकेको थियो । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी सांसद श्यामकुमार श्रेष्ठले ११ लाख ८२ हजार ४ सय ८८ रुपैयाँ खर्च गरेको वितरण बुझाएका छन् । त्यसैगरी रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ बाट एमालेबाट विजयी भएका शान्ति पौडेलले ७ लाख ७ हजार ७ सय रुपैयाँ खर्च भएको वितरण बुझाएका छन् ।
त्यसैगरी रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट एमालेबाट विजयी भएका सांसद कैलाश ढुंगेललले ८ लाख ४१ हजार ४ सय ५२ रुपैयाँ र निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर थापामगरले ६ लाख २२ हजार ८ सय रुपैयाँ खर्च भएको वितरण बुझाएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले रामेछाप न्युजलाई जानकारी दिए । निर्वाचनमा उम्मेदवारी दिएका अन्य उम्मेदवारहरुले भने अझै खर्च वितरण बुझाएका छैनन् । निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएको एक महिनाभित्र खर्च विवरण बुझाइसक्नु पर्ने प्रावधान बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्