१५ दिनभित्र रिपोर्ट पेश गर्न रामेछाप एमालेको निर्देशन



१९ पुस, रामेछाप ।
नेकपा एमालेको जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । निर्वाचनको समिक्षा गर्न बसेको बैठकले १५ दिन भित्र चुनाबी समिक्षा बैठक सम्पन्न गरेर रिपोर्ट पेश गर्न मातहतका कमिटीलाई निर्देशन दिएको हो । बैठकले प्रदेशसभा क मा निर्वाचित एमालेका जिल्ला अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य शान्ति पौडेल र प्रदेशसभा ख बाट निर्वाचित एमालेका नेता कैलाश ढुंगेलाई बधाई एवं कार्यकाल सफताको शुभकामना दिएको छ ।

बैठकले बाम गठबन्धनलाइ प्राप्त मत पार्टी एकताको लागि जनादेश भएको निष्कर्ष निकालेको बताउदै एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले तत्काल नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया अघि बढाइ एउटै कम्युनिस्ट पार्टी बनाउन अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने,‘दुई पार्टीबीचको एकता देश र जनताको आवश्यकता हो, जनतमले बाम गठबन्धनलाई अनुमोदन गरिसकेको छ ।’ बैठकले निर्वाचनमा सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्