‘बेथानलाई युद्ध पर्यटनको रुपमा विकास गर्नुपर्छ’



१९ पुस, रामेछाप ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समते रहेका रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले ऐतिहासिक बेथानलाई युद्ध पर्यटनको रुपमा विकास गर्न भूमिका खेल्ने बताएका छन् । उनले बेथानको वलिदानको जगबाटै अहिलेको परिवर्तन सम्भव नभएको बताउदै कम्युनिष्टहरुको अध्यायन केन्द्रसँगै युद्ध पर्यटनको रुपमा विकास गर्न भूमिका खेल्ने बताएका हुन् ।


२१ औ वीरता दिवसको अवसरमा सुनापति गाउँपालिका–४ बेथानको पानीघाटस्थित शहीद स्मारकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले बेथान परिवर्तनको नाम भएको बताए ।

‘बेथानको इतिहास र वीरता संसारभर अझै चिनाउन आवश्यक छ’, उनले भने,‘बेथान र दोरम्बालाई युद्ध पर्यटनको रुपमा विकास गर्न गर्नुको विकल्प छैन ।’ सांसद श्रेष्ठले संविधानमा उल्लेख भएको समाजवादको लक्ष्यलाई पूरा गर्न बाम शक्ति मिलेर नै अगाडि बढनु पर्ने बताउदै पार्टी एकताको विकल्प नभएको बताए । निर्वाचन आयोगले तत्काल मत परिणाम सार्वजनिक गरेर नयाँ सरकार गठनको बाटो खेल्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तत्काल राजिनामा दिनु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्