फर्जी नागरिकता प्रकरणः कानुन अनुसार कारवाही भोग्न तयार छुः वडा अध्यक्ष नेवार



रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले वडामा घर नै नभएको व्यक्तिलाई नागरिकता बनाउनको लागि सिफारिस गरेपछि गृह मन्त्रालयमा उजुरी परेको छ । वडा अध्यक्ष नेवारले नक्कली आमा बनेर जिल्ला बाहिरका व्यक्तिलाई नागरिकताको सिफारिस मागेका थिइन । अपरिचत व्यक्तिलाई वडा नम्बर ७ की दुनिमाया सुनुवारले वडा कार्यालयमा सिफारिस मागेकी थिएन ।
वडा अध्यक्ष नेवार र वडा सचिव केशरबहादुर खत्रीले नबुझिकनै नागरिकता दिएको विषय सार्वजनिक भएपछि अहिले नक्कली आमाको नामबाट नागरिकता लिने निशास सुनुवारको खोजी सुरु भएको छ । निशास सुनुवार नाम राखेर रामेछाप जिल्ला प्रशासन कार्यालयबाट ती अपरिच व्यक्तिले २०७४ साल जेठ २१ ग्ते नागरिकता लिएका थिए । दुनीमायाको तीन भाई मात्र रहेका छन् ।

वडा अध्यक्ष रुद्रमणी नेवार

नक्कली व्यक्तिलाई नागरिकता दिलाउन कार्यमा संलग्न वडा अध्यक्ष, वडा सचिव, नक्कली आमा र नागरिकता लिने व्यक्तिलार्ई जिल्ला प्रशासन कार्यालयले कानुनी कारवाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । तपाईले वडाको बासिन्दा नै नरहेको व्यक्तिलाई नागरिकता दिलाउनको लागि सिफारिस गरेको हो भन्ने ? रामेछाप न्युजको जिज्ञासामा वडा अध्यक्ष रुद्रमणी नेवारले भने,‘मैले जानी जानी सफारिस गरेको होइन, यस बारेमा खोजबिन सुरु भएको छ ।’ स्वयम बुबा र आमा नै आएर मेरो छोरा हो भनेपछि नागरिकताको लागि सिफारि दिएको हो, उनले भने ।
‘वडाका जनतालाई सेवा गर्छु भनेर आएको हुँ, मैले स्वयम नागरिकता लिने आमा र बुबालाई नै सोधेको थिए, तपाईको छोरालाई मैले चिन्दिन भनको पनि थिए तर काठमाडौंमा बस्छ हाम्रो छोरा हो भनेपछि नागरिकताको लागि सिफारिस दिएको हुँ’, वडा अध्यक्ष नेवारले भने,‘मलाई शकां लागेपछि वडा सदस्यसहित छलफल भएको पनि थियो, मैले जन्म दर्ताको प्रमाणपत्र मागेको थिए, सचिवले एसएसलीको प्रमाणपत्र भए हुन्छ भनेपछि सिफारिस दिइएको हो ।’
ऋाफूले कुनै प्रलोभनमा परेर कुनै काम गरेको दावी गर्दै उनले सिफारिस गर्दा हुने कानुनी कारवाही भोग्न तयार रहेको बताए । सनाखत बस्ने स्वयम आमा बुबा नै हुन, मलाई पनि झुक्याइयो । जनताले फसाउन खोज्छ भने के भन्ने ? उनले प्रश्न गरे । यस बारेमा आफूले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताउदै छानबिनबाट तथ्य आउने बताए ।

वडा सचिव केशरबहादुर खत्रीले एसएलसीको सर्टिफिकेटको आधार सहित बुबा आमाको सनाखतमा सिफारिस दिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले डकुमेन्ट पुर्याएर नै नागरिकताको लागि सिफारि दिएको हो, बिना आधार सिफारिस गरिएको छैन, यस बारेमा खोजबिन सुरु भएको छ, म सदरमुकाम मन्थली जादैछु ।’

प्रतिक्रिया दिनुहोस्