भुजीमा हल्लाखल्ला रामेछापका ६३ जना वडा अध्यक्ष तनाबमा



२० पुस, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले गलत वडा भन्दा बाहिरका व्यक्तिलाई नागरिकताको सिफारिस गरेपछि जिल्लाको ६४ वटा अध्यक्षहरु तनाबमा परेका छन् । निर्वाचन सम्पन्न भएपछि सहज रुपमा वडावासीलाई सेवा सुविधा उपलब्ध गराउनु पर्ने भएपनि नागरिकताको सिफासिर गर्दा गम्भीर बन्नु पर्ने अवस्था सृजना भएको छ ।
रामेछापमा नक्कली आमा बनेर नागरिकता दिलाउने घटना सार्वजनिक भएपछि अब नागरिकता प्राप्त गर्नको लागि काुननी प्रक्रियामा कडाई हुने भएको छ । नक्कली आमा बुबा बनेर जिल्ला बाहिरका व्यक्तिहरुलाई नागरिकता दिलाउने घटनाले जिल्लाका ६३ वटाका वडा अध्यक्ष र सचिवहरु सचेत बनेका छन् ।
जिल्लामा हाल ६४ वटा वडा कार्यालयहरुबाट नागरिकताका लगायतका सिफारिस हुँदै आएको छ । भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले आफूलाई झुक्याएर नागरिकताको सिफारिस गर्न बाँध्य बनाएको बताए । अहिले वडा कार्यालय ठूलो रहेको र सबैलाई वडा अध्यक्षले नचिन्ने अवस्था भएपछि नागरिकता प्राप्त गर्नको लागि थप कडाई गर्ने भएका छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीप्रसाद लामिछानेले अब नागरिकता लिनको लागि कडाई गरिने बताए । उनले रामेछाप न्युजसँग भने,‘केही गलत कार्य गर्ने व्यक्तिहरुको कारण नागरिकताको सिफारिस गर्न र नागरिकता जारी गर्न कडाई हुन्छ ।’

सुनापति गाउँपालिका–३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङले नागरिकताको सिफारिस गर्दा सत्यतथ्य बुझेर मात्र सिफारिस गर्ने बताए । उनले भने,‘सहज रुपमा जनताहरुलाई सुविधा दिनुपर्ने हो । तर गलत काम गर्नेहरुलाई रोक्नको लागि सचेतपूर्ण रुपमा सिफारिस दिन्छौ ।’

प्रतिक्रिया दिनुहोस्