रामेछापमा जन्मिएर दोस्रो विश्वयुद्धमा लडेका लेफ्टिनेन्ट बस्नेत रहेनन



२१ पुस, रामेछाप ।
रामेछाप जिल्लामा जन्मिएर दोस्रो विश्व युद्धमा लडाइँ लडेका पूर्व सैनिक लेफ्टिनेन्ट गजेन्द्रबहादुर बस्नेतको निधन भएको छ । दोस्रो बिश्वयुद्ध (सन् १९३९ देखि १९४५) मा अफगानिस्थान, ईराक, कुर्दिस्थान र भारतमा पुगेर लडाई लडेका बस्नेतको ९९ बर्षको उमेरमा निधन भएको हो ।


रामेछाप जिल्ला सालु गाँउ पञ्चायत वडा नं. १, च्याँउकेठाँटिमा जन्मिएका बस्नेत राणाकालिन शासनका बेला रामेछापमा रहेको गुल्मबाट बि.सं. १९९३ (सन् १९३६) सालमा सेनामा भर्ना भएका उनी राणाकालिन समयमा नै लेफ्टिनेन्ट बनेक थिए ।

 

प्रतिक्रिया दिनुहोस्