सुनापति गाउँपालिका खुल्ला दिशामुक्त घोषित (फोटोफिचर)



२२ पुस, रामेछाप ।
रामेछाप जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियान अन्तर्गत जिल्लाको सुनापति गाउँपालिकालाई खुल्ला दिशामुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको पाँच वटै वडाका प्रत्येक घरमा पक्की शौलालय निर्माण भएको तथ्याङक सहित सुनापति गाउँपालिकालाई खुल्ला दिशामुक्त गाउँपालिका घोषणा गरिएको हो ।


श्निवार सुनापति गाउँपालिका–१ गन्सी भदौरेको सत्तालिङ्गेश्वर उच्च माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहदुर खड्काले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी गाउँपालिकालाई खुल्ला दिशामुक्त भएको घोषणा गरे । कार्यक्रममा सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले सुनापति गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने अभियानमा रहेको बताए । उक्त कार्यक्रममा सुनापति गाँपालिका उपाध्यक्ष गिता विष्ट चौलागाईले खुल्ला दिहशामुक्त गाउँपालिका घोषणासँगै कार्यान्वयनमा पनि गाउँपालिकाले ध्यान दिने बताइन ।

कार्यक्रममा सुनापति गाउँपालिका अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता विष्ट चौलगाई, नेकपा एमालेका जिल्ला सचिव आनन्द श्रेष्ठ, नेपाली कांग्रेस रामेछाप सचिव एव खानेपानी कार्यालयका अध्यक्ष लेखबहादुर कार्की लगायतको सहभागीता रहेको थियो । सुनापति गाउँपालिकामा ५५ सय घरघुरी रहेका छन् । उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्