बनेपालाई प्रदेश ३ को राजधानी बनाउन माग गर्दै प्रदर्शन



२२ पुस, बनेपा ।
काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन माग गर्दै काभ्रेमा प्रदर्शन भएको छ । सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी भक्तपुरको ठिमीलाई प्रस्ताव गरेपछि बनेपालाई नै राजधानी बनाउनु पर्ने भन्दै प्रदेर्शन नभएको हो ।
सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा काभ्रेमा दबाबमुलक कार्यक्रम सुरु भएको हो । प्रदेश राजधानीको माग गर्दै उद्योग वाणिज्य संघको अगुवाइमा शनिबार प्रदर्शन भएको छ ।


बनेपा बजारमा भएको प्रदर्शनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । संघीय राजधानी काठमाडौं रहने भएसँगै सँगैको सीमाना जोडिएको भक्तपुर भन्दा ३ नम्बर प्रदेशको राजधानी बनेपालाई बनाउनु पर्ने प्रतिनिधिसभाका सांसद गोकुल बास्कोटाले बताए ।

काभ्रेको बनेपालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन सके रामेछापवासीलाई सेवा सुविधा लिन सहज हुनेछ । रामेछापका सांसदहरुले पनि बन्ेपालाई प्रादेशिक राजधानी बनाउनु पर्ने आन्दोलनमा साथ दिने निर्णय गरेका छन् । बनेपालाई प्रादेशिक राजधानी बनाउनु पर्ने भन्दै सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, काभ्रे लगायतका जिल्लाका सांसदहरु एकै ठाउँमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्