रामेछाप तामाङ फाउन्डेसनको अध्यक्षमा मोक्तान



२४ पुस, काठमाडौं । कला सस्कृती , भाषा , साहित्य , धर्म , भेषभुषा हाम्रो पहिचान् भन्ने अभियानको साथ रामेछाप तामाङ फाउन्डेसन गठन भएको छ । फाउन्डेसनका जिल्ला शाखा रामेछाप राजिब मोक्तानको अध्यक्षतामा १९ कार्यसमिति गठन भएको हो ।
उक्त कार्यसमितिमा उपाध्यक्षमा रचना बल तामाङ र पेशल घिसिङ तामाङ कोषाध्यक्षमा कुलामान योन्जन तामाङ सचिवमा सम्झना घिसिङ तामाङ सहसचिवमा योगेन्द्र योन्जन तामाङ र सदस्यहरुमा निर कुमार दोङ (भिषन) कृश्मा योन्जन तामाङ,दावा दोर्जे मोक्तान,टेण्डी लामा दोङ आशिष ग्याबा,जीवन ग्याबा,सोनी घिसिङ, सृजना घिसिङ, सजल घिसिङ ,फुल माया ग्याबा ,बसन्त मोक्तान साङ्डोल्मा तामाङ र कमला मोक्तान तामाङ गरि १९ जना कार्यसमितिमा रहेका छन् ।

फाउन्डेसन जिल्ला शाखा रामेछापका अध्यक्ष मोक्तानले तामाङको नाममा राजनीति गर्न तामाङहरुमा फुट ल्याउन नभएर समग्र तामाङहरुलाई एकिकृत गरेर राज्यको बिशेष ठाउमा पुर्याउन पहल गर्ने बताए ।
तामाङको सस्कार्, रितिरिवाज , धर्म सस्कृती , भेषभुषा लगायत पहिचान के हो भन्ने बिषयमा सम्पुर्ण तामाङ्लाई जनचेतना फैलाउने योजनाको साथ काम गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्