किन फेरिएन रामेछापको लिखु गाउँपालिकाको नाम ?



२७ पुस, रामेछाप ।
रामेछाप लिखु गाउँपालिकाको नाम परिमार्जन गर्न सिफारिस गरेको सात महिना वितिसक्दा समेत नाम परिवर्तन हुन सकेको छैन् । गाउँपालिकाले पहिलो बैठकबाटै नाम र केन्द्र परिवर्तन गर्न निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन् । लिखु गाउँपालिकाको बैठकले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्नेको लागि स्थानीय विकास मन्त्रलायमार्फत सरकारलाई अनुरोध गरेको थियो । तर मन्त्रीपरिष्दको बैठकले अहिलेसम्म उक्त प्रस्ताव स्वीकृत गरेको छैन् ।


गाउँपालिकाको नाम पविर्तन गरी लिखु तामाकोसी नामाकरण गर्न प्रस्ताव गरेको थियो । साथै गाउँपालिकाको हाल बिजुलीकोटमा रहेको केन्द्र परिवर्तन गरी साविकको नागदह र बिजुलीकोट गाविसको सिमानामा रहेको धोवी बजारमा केन्द्र राख्ने गरी निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयमा आएको छ ।
लिुख गाउँपालिका उपाध्यक्ष दिपशिखा दाहालले गाउँपालिकासँग जोडिएको ओखलढुङ्गा जिल्लामा पनि लिखु गाउँपालिका भएकोले एउटै नाम हुँदा पहिचानमा समस्या तथा अलमल नाम परिमार्जन गर्न प्रस्ताव गरिएको बताए । उनले रामेछाप न्युजसँग भनिन,‘एउटै नाम एक साथ हुँदा पहिचनामा समस्या प¥यो, त्यही भएर नाम परिवर्तन गर्ने प्रस्ताव गरेका हौ, तर अहिलेसम्म स्वीकृत भएर आएको छैन् ।’

प्रतिक्रिया दिनुहोस्