भवन निर्माण गर्न रामेछापका तेज सुनुवारद्धरा एक लाख दिने घोषणा



२७ पुस, काठमाडौं ।
रामेछाप उमाकुण्ड गाउँपालिका घर भइ हाल युएईमा रहेका युवा तेज सुनुवारले मंगोल नेशनल अर्गनाइजेसनको भवन निर्माणको लागि एक लाख रुपैइाँ दिने घोषणा गरेका छन् । उनले प्रवासमा रहेका मूलबासी मंगोल प्रेमीहरुलाई एकजुट बनाउने उद्देश्यका साथ सो रकम दिने घोषणा गरेका हुन् ।
मञ्चको नयाँ योजना अन्तर्गत काठमाडांैमा आफ्नै भवन बनाउने गरि एक व्यक्ति एक रुपैयाको अभियान थालनी गरेको छ । रामेछाप निवासी हाल युएइमा कार्यरत तेज सुनुवारले भवन निर्माणार्थ एक लाख रुपैयाँ सहयोग गरेको रामेछाप न्युजलाई जानकारी दिए । उनले भने,‘मेरो कमाईबाट केही रकम जोगाएर भवन निर्माणेका लागि दिने घोषणा गरेको हुँ, सामाजिक काम गर्न पाउदा खुसी छ ।’


व्हाट्स एप एपलिकेसन मार्फत २७ मुलुकमा छरिएर रहेका मूलबासी मंगोलहरुलाई जोड्न सफल मञ्चलाई मंगोल नेशनल अर्गनाइजेसनको सर्वोच्च सभाले आधिकारीक रुपमा यस अघि नै अनुमोदन गरिसकेको छ । मञ्चको पहलमा बाढी पहिरो पीडित, मुटु रोगी, किड्नी रोगीहरुको सहयोग गर्दै आएको छ । मञ्चले आगामी ५ वषभित्रै मंगोल नेशनल अर्गनाइजेसनको आफ्नै भवन निर्माण गर्ने योजना अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्