अबको चार बर्ष रामेछापवासीको घरघरमा जान्छौः नेता खड्का



२९ पुस, काठमाडौं ।
नेपाली कांग्रेस रामेछापका नेता रामचन्द्र खड्काले अबको चार बर्ष जनताको घर दैलोमा पुगेर सेवा गर्ने बताएका छन् । उनले रामेछापका जनताको सुख–दुःखमा साथ दिनु आफ्नो पार्टीको दायित्व र कर्तव्य भएको बताउदै पार्टी जनताको सेवामा लाग्ने बताएका हुन् । नेपाली कांग्रेस रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ द्धारा शनिवार राजधानीमा आयोजित समिक्षात्मक चियापान कार्यक्रमलाई सम्बोधन गर्दै रामेछापका पूर्व सभापति समेत रहेका नेता खड्काले निर्वाचनमा पराजित भएपनि जनताको घर आँगनमा गएर सेवा गर्ने बताए ।उनले भने,‘लोकतान्त्रिक प्रक्रियामा हार जित हुन्छ नै, पराजित भएपनि अर्को पटक विजयी हुने गरी जनताको मन जित्ने गरी काम गर्नुपर्छ ।’


कार्यक्रममा रामेछापको प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचनमा पराजित भएका नेता जितबहादुर थापामगरले निर्वाचनमा रामेछापवासी जनताले सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए । ‘निर्वाचनमा पराजित भएपनि आत्तिनु पर्ने अवस्था छैन, प्रयास गर्दै जाऔ, आगामी निर्वाचनमा जित्न सकिन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्