राष्ट्रियसभा सदस्य निर्वाचन खर्च ३ लाख ५० हजार तोकियो



३० पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा भाग लिने उम्मेदवारले निर्वाचनको प्रचार प्रसारमा गर्न पाउने अधिकतम खर्चको सीमा तोकेको छ ।आयोगको आइतवार बसेको बैठकले निर्वाचन खर्चको अधिकतम हद रु तीन लाख ५० हजार तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

उम्मेदवारले मतदाता नामावली पुस्तिका खरिदमा एक हजार, सवारीसाधनमा र ७० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) १० हजार, प्रचार प्रसार सामग्री रु १४ हजार ५००, ढुवानी रु १० हजार, गोष्ठी÷अन्तरक्रियामा रु एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविध शीर्षकमा ३० हजार खर्च गर्न पाउने गरी आयोगले खर्चको अधिकतम सीमा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्