दोरम्बा गाउँपालिकाको लखनपुरमा जमिनबाट दहीजस्तो लेदो निस्कियो



३० पुस, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिकाको लखनपुरस्थित ब्रह्मा,विष्णु खोलाको सहायक खोल्सो लेदे (लेते) खोलामा जमिन फुटेर दहीजस्तो लेदो निस्किएपछि हेर्नको भीड बढेको छ । यहाँ हरेक बर्ष पौष मसान्तमा जमिन फुटेर दही जस्तो सेतो लेदो निस्कने गरेको स्थानीयले बताएका छन् ।

२०७० साल देखि नै बर्षेनी यस स्थानमा जमिन फुटेर दहीजस्तो लेदो निस्किने गरेको छ । बाह्रै महिना उम्रने रातो रङ्गको पानी पनि यस नजिकै रहेछ । चम्किलो सेतो अनौठो र निश्चित मितिमा मात्र देखापर्नु अझै रहस्यमय रहेको भन्दै स्थानीयले अनुसन्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

१२ बर्षमा जमिनबाट दहीजस्तो लेदो निस्किन्छः वडा अध्यक्ष गजुरेल
रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–६ का वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेल ‘अनुप’ले गाउँपालिका–६ जागुमा प्रत्येक १२र१२बर्षमा जमिन मुनिबाट यसरी दही जस्तो लेदो पदार्थ निस्कने गरेको बताए । तिथिले माघ महिनामा मात्र निस्कन्छ।जसलाई धार्मिक संस्कार अनुरुप मकर निक्लिएको भनिन्छ र उक्त स्थानमा आई स्नान गरि मकरको टीका लगाईन्छ।यसो गर्दा पुण्य मिल्ने धर्मालम्बीहरु बताउछन, उनले भने ।

प्रतिक्रिया दिनुहोस्