सुनापति गाउँपालिका–२ दिमीपोखरमा सांस्कृतिक कार्यक्रम हुने



१ माघ, रामेछाप ।
ल्होछारको अवसरमा रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरमा वृहत्त सांस्कृति कार्यक्रम हुने भएको छ ।
२८५४ औं खि ल्हो अर्थात कुकुर बर्ग सोनाम ल्होछारको अवसरमा दशौ बिश्व शान्ति काग्यु मोन्लम पुजा तथा बौद्ध धर्म केन्द्र स्थापनर्थ ल्होछार विशेष बृहत सास्कृतिक कार्यक्रम हुने भएको हो ।
सोनाम ल्होछार मुल आयोजक समिमि ड्रुग कानिङ छ्योइलिङ गुम्बा सुनापती–२ दिमीपोखरीमाको ड्रुग कानिङ छ्योइलिङ गुम्बा हुनेछ । कार्यक्रममा श्रदेय लोपेन गुरु ङावाङ फुन्छोग लामाला म्हणी मोन्लम र राष्ट्रिय रुपमा ख्याती प्राप्त कलाकारहरु तामाङ चलचित्र क्षेत्रको नायक तथा निर्देशक अमिर दोङ, नायिका तथा मोडल सुष्मा मोक्तान, हास्यकलाकार कुइसाङ रुम्बा, सङ्गीतकार तथा गायक जोगलाल लामा, गायक च्वाइस दोङ सहित स्थानीय कलाकारको प्रस्तुती रहेने संयोजक अबिरल घिसिङले जानकारी दिए ।

उनका अनुसार २०७४ माघ १५ गते आमन्त्रित लामागुरुद्धारा ह्युम छोक्पा (प्रज्ञापारमित पुजा), १६ गते आमन्त्रित लामागुरुद्धारा कङ्सो (महाकाल पुजा), १७ गते गुरु छ्याम (गुरु रिम्पोछेको नाच) र २ बजदेखि शुभकामना आदनप्रदान तथा आमन्त्रित कलाकारहरुको साथमा बृहत् सास्कृतिक कार्यक्रम हुने छ ।

हाल सञ्चालनमा रहिरहेको बौद्ध धर्म अध्ययन केन्द्रको स्तरोन्नति र बिगतदेखि हुँदै आइरहेको कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको संयोजक तामाङले जानकारी दिए । उनले भने,‘हाम्रो कला, सस्कृती, रितिरिवाज, परम्परालाइ अबको युवापुस्ताले नै जगेर्न गर्नु हाम्रो दायित्व हो ।’

प्रतिक्रिया दिनुहोस्