रामेछापबाट राष्ट्रिय सभा सदस्यमा देवशकंर पौडेलको चर्चा



१ माघ, रामेछाप ।
माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यको लागि रामेछापबाट नेकपा एमालेका नेता देवशकंर पौडेलको चर्चा सुरु भएको छ । नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज समेत रहेका पार्टीका वैकल्पिक केन्द्रीय सदस्य पौडेल राष्ट्रिय सभा सदस्य बनाउनु पर्ने चर्चा पार्टीभित्र सुरु भएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा रामेछापबाट आकांक्षी रहेका नेता पौडेल बाम गठबन्धनको सिट बाँडफाँडमा रामेछापको प्रतिनिधिसभा निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाएपछि जिल्लाका निर्वाचन परिचालन कमिटीको संयोजक भएर चुनावी अभियानमा लागेका थिए ।


बाम गठबन्धनले रामेछापको एक प्रतिनिधिसभा र दुई वटै प्रदेशसभाको निर्वाचनमा जित हासिल गरेको छ । पूर्व सांसद समेत रहेका पौडेललाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन नसकिएको भन्दै पार्टीभित्र राष्ट्रिय सभा सदस्य बनाउनु पर्ने चर्चा सुरु भएको छ । प्रदेशसभा क्षेत्र नम्बर ३ बाट नेता पौडेललाई राष्ट्रिय सभा सदस्य बनाउनु पर्ने पक्षमा छलफल सुरु भएको छ ।
प्रदेश नम्बर ३ बाट राष्ट्रिय सभा सदस्यका यी हुन आकाक्षी
प्रदीप नेपाल, बेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, डा। गंगालाल तुलाधर, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी, बालकृष्ण सिवाकोटी, देवी ज्ञवाली, शान्ति अधिकारी, सावित्रा भुसाल, सुशीला नेपाल, पार्वती रावल, जगन्नाथ आचार्य, मेघनाथ पौडेल, राजेन्द्र राजथला, प्रेम पराजुली, बाबुरत्न पोडे, सीताराम मास्के, बालकृष्ण गिरी छन् ।

प्रतिक्रिया दिनुहोस्