स्थानीय सरकारको नमूना कामःरामेछापको दोरम्बामा सुरु भयो मदिरामुक्त अभियान



नारायण श्रेष्ठ
३ माघ, रामेछाप ।
गाउँघरमा जाँड रक्सीको कारण सामाजिक विकृति बढ्दै गएपछि दोरम्बा गाउँपालिका–२ दोरम्बाले गाउँलाई मदिरामुक्त बनाउने अभियानको सुरु गरेको छ । समाजमा दिनहु जाँड रक्सी खाएर होहल्ला गर्ने, झगडाको घटना बढेपछि दोरम्बा वडा कार्यालयका वडा अध्यक्ष खड्क श्रेष्ठको नेतृत्वमा मदिरामुक्त अभियानको सुरु भएको हो ।


मदिरामुक्त गाउँ निर्माणको लागि दोरम्बा प्रहरी चौकी, स्थानीयवासीको सक्रियतामा मदिरा नियन्त्रण समुह नै गठन गरेर काम अगाडि बढाइएको दोरम्बा गाउँपालिका–२ का वडा अध्यक्ष खड्क श्रेष्ठले रामेछाप न्युजलाई बताए । दोरम्बा गाउँपालिकाको साविक दोरम्बा–९ दहपातबाट अभियानको सुरु भएको छ ।


स्थानीय सरकार गठन भएपछि नयाँ र समाज सुधारको अपेक्षा गरेका स्थानीयले वडा कार्यालयको सक्रियामा मदिरामुक्त अभियान अगाडि बढेपछि खुसी भएका छन् । अभियानमा प्रहरी चौकी दोरम्बा र स्थानीय महिला समुहको साथै स्थानीयको सक्रियतापूर्वक सहभागीता रहेको थियो ।


‘यो सुरुवात हो वडाभित्र सबै क्षेत्रमा मदिरामुक्त बनानाउने अभियान हो’, अध्यक्ष श्रेष्ठल भने,‘सबैको साथ सहयोग लिएर वडालाई मरिदामुक्त बनाउने हो ।’ उनले विगतमा पनि जाँड रक्सीको कारण ज्यान गएको घटना समेत रहको बताउदै अब मदिराकै कारण ज्यान जाने अवस्थाको अन्त्य गर्ने अभियानमा रहेको बताए । दोरम्बाको दहपातलमा वडा अध्यक्ष श्रेष्ठ, प्रहरी चौकीका इन्चार्ज रामदेव साह र स्थानीयवासीको सक्रियतामा करिब एक हजार लिटर रक्सी र जाड नष्ट गरिएको छ । यो अभियानलाई निरन्तता लक्ष्य वडा कार्यालयले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्