रामेछापमा टयाक्टर दुर्घटना, अधुरै रह्यो तामाङको घर बनाउने सपना



३ माघ, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–६ मा टयाक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ । को २ त २६१० नम्बरको टयाक्टर दुर्घटनामा परी मन्थली नगरपालिकी ३६ बर्षिय सानुमाया तामाङको निधन भएको छ ।

भुकम्पले भत्काएरको घरको पुननिर्माणको लागि ढंगा लिएर जाने क्रममा आज मन्थलीको सिङखु डाँडामा टयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । दुर्घटनामा परी पूर्णमाया मोक्तान र कुलबहादुर थोकर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले लोड बढी हुँदा टयाक्टर दुर्घटना भएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्