रामेछापमा फर्जी नागरिकता प्रकरणः भुजीका वडा अध्यक्ष नेवार र वडा सचिव पक्राउ



३ माघ, रामेछाप ।

फर्जी नागरिकता बनाउन सिफारिस दिएकोा भन्दै रामेछापको रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवार र वडा सचिव केशवबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । वडामा घर नै नभएको व्यक्तिलाई नागरिकता बनाउनको लागि सिफारिस गरेको विषय सार्वजनिक भएपछि नागरिता लिने, नागरिता प्रदान गर्नको लागि नक्कली आमा र सहयोग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरलेर जिल्ला अदालतमा किर्ते अन्तर्गत मुद्दा दायर गरिसकेको छ ।


अपरिचत व्यक्तिलाई वडा नम्बर ७ की दुनिमाया सुनुवारले वडा कार्यालयमा सिफारिस मागेकी थिएन । नक्कली नागरिकता दिलाउन नक्कली आमा बनेकी भुजीकी दुनिमाया सुनुवार, नक्कली छोरा बन्ने मोरङ जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–१३ गोकर्णेश्वरी बस्ने १८ बर्षका डायमन जोशी र नागरिकता दिलाउन सहयोग गर्ने भुजी घर भएका दुनिमायाको दिदीको छोरा हरि राईलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयले मुद्दा चलाएको छ ।

नागरिता दिन सिफारिस गर्ने वडा अध्यक्ष नेवार र वडा सचिवलाई पनि मंगलवार प्रहरीले पक्राउ गरेको मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले रामेछाप न्यजलाई बताए l इकाला प्रशासन कार्यालयबाट नागरिकता दिलाउनको लागि तत्कालित सहायक प्रमुख जिल्ला अधिकारी र नायक सुब्बालाई पनि नागरिकता दिने कार्यमा संलग्न भएको भन्दै प्रहरीले पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्