सुनापति गाउँपालिकामा गाडी दर्घटना, धन्न बाँचे तीन जना



३ माघ, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीको भीरकोटमा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी चालक २९ बर्षका डेकबहादुर श्रेष्ठ घाइते भएका छन् । बा ७ च ६८९० नम्बरको गाडी बेसारगाउँ र भीरकोटको सीमाना कोलखोलाको मोडमा स्ट्ररीङ फेल हुँदा दुर्घटना भएको थियो ।

उकालो मोडमा अपठ्यारो बाटो भएको कारण चालक श्रेष्ठले गाडीमा सवार तीन जनालाई झारेका थिए । जसको कारण तीन जनानको ज्यान जानबाट जोगिएको स्थानीय शिक्षक माइकल लामाले बताए ।

 

गाडी सडकबाट ७० मिटर तल खसेको थियो । सुनापति गाउँपालिका–५ खनियापानी घर भएका चालक श्रेष्ठको काठमाडौको वि एण्ड बी अस्पतालमा उपचार इरहेको लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
SKdqVJDo3p0uxl, YbDmVUpdWBpy6, GTFZqDzX3yS4xvQy, WS5wZ1Nc8qE4H, xZPojn, GHv929RyJal, yo7WE, Zhdc, Ktbq, x4fXq