प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोकियो, को कहाँ ?



३ माघ,काठमाडौं ।
सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो । सरकारले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा अस्थायी राजधानी तोकिएको छ ।
यस्तै प्रदेश नम्बर ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी केन्द्र तोकिएको छ। विभिन्न दलका नेता र स्थानीय स्तरमा प्रदेश राजधानीका विषयमा फरक फरक धारणा र दवाव आन्दोलतहरु भइरहेको बेला सरकारले प्रदेश राजधानी तोकेको हो ।

बैठकले प्रदेश प्रमुख पनि तोकेको छ । बैठकको निर्णयअनुसार प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा , प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ को प्रमुखमा अनुराधा कोइराला , प्रदेश नम्बर ४ को प्रमुखमा बाबुराम कुँवर , प्रदेश नम्बर ५ को प्रमुखमा उमाकान्त झा , प्रदेश नम्बर ६ को प्रमुखमा दुर्गा खनाल र ७ को प्रमुखमा मोहनराज मल्ललाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्