जिल्ला समन्वय समिति रामेछापका प्रमुख खड्काको फोटो हराएपछि…….



४ माघ, रामेछाप ।
स्थानीय तहको निर्वाचनपछि गठन भएको जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका जिल्ला नेता प्रेमबहादुर खड्का निर्वाचित भएको छ महिना पुगेको छ । तर जिल्ला समन्वय समिति रामेछापको आधिकारीक वेभसाइटमा भने प्रमुख खड्काको फोटो राखिएको छैन् । जिल्ला समन्वय समितिमा रहेका कर्मचारीहरुले खड्काको फोटो राख्न समेत जाँगर देखाएका छैनन् ।


जिल्ला समन्वय समिति रामेछापका सूचना अधिकारी दीपकप्रसाद सुवेदीले प्रमुखको फोटोको बारेमा ऐ हो र भन्दै आश्चार्य व्यक्त गरे । वेभसाइटमा प्रमुखको फोटो राख्नु पर्ने होइन भन्ने रामेछाप न्युजको जिज्ञासामा सुवेदीले भने,‘कम्प्युटर अप्रेटरलाई भनेको हो, खै किन राखिएन ।’ फोटा दिएको कहाँ छ, यस बारेमा जानकारी लिन्छु,उनले भने ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले लामो समय वितिसक्दा समेत आफ्नो फोटो वेभसाइटमा नराख्नु आपत्तिजनक विषय भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘म तत्काल कर्मचारीहरुलाई फोन गरेर यस बारेमा जानकारी लिन्छु, फोटो नराख्नु कर्मचारीले हेचचेक्रयाइँ गरेको रुपमा मैले बुझेको छु ।’
वेभसाइटमा स्थानीय विकास अधिकारी र सूचना अधिकारीको फोटो राखिए पनि जिल्ला समन्वय समितिको प्रमुखको  फोटो भने राखिएको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्