रामेछापको सुनकोसी किनारामा लाश भेटियो



४ माघ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित सुनकोसी किनारामा लाश फेला परेको छ । राकाथुमस्थिति लुबुघाट सबविकको सुनकोसी प्रावि मुनि सुनकोसी किनारामा करिब ५० बर्ष पुरुषको लाश भेटिएको हो । प्रहरी चौकी लुभका असई वीरेन्द्र कुमार खड्काले रामेछाप न्युजसँग भने,‘कालो टिर्सट कालो ट्रयाक कालो जुत्ता लगाएको अवस्थामा लाश भेटिएको छ, हामीले आफ्नो सबैतिर जानकारी गराएका छौ ।’ प्रहरीले कसैको आफन्त हराएका हो भने हेर्न आउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्