विपद्पछिको उद्दार गर्न रामेछापको दोरम्बामा आपतकालिन हेलिकोप्टर स्थल



नारायण श्रेष्ठ
४ माघ, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा स्थानीय सरकार गठन भएसँगै विकास निर्माणको कामले तिब्रता पाएको छ । स्थानीय प्रतिनिधिहरुको सक्रियतामा विकास निर्माणको काम अगाडि बढेपछि गाउँपालिका बासिन्दाहरुमा नयाँ उत्साह र आशा जागेको छ ।
विकास निर्माणको कामसँगै स्थानीय जनप्रतिनिधिहरुले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने विपद्पछिको उद्दार गर्नको लागि स्थानीयस्तरमै दैविक प्रकोप उद्दार समिति गठन भएको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठको सक्रियतामा विपदपछिको उद्धार गर्नको लागि आपतकालिन हेलिकोप्टर स्थल निर्माण भएको छ ।


वडाभित्र हुने सक्ने कुनै पनि दुर्घटनापछिको उद्धार र समयमा नै अस्पतालसम्म पु¥याउनको लागि वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठको संयोजकत्वमा वडाभित्र रहेका सरकारी कार्यालय सदस्य रहेको दैविक प्रकोप उद्दार समिति गठन भएको छ ।
समिति गठन भएलगत्तै वडा अध्यक्ष श्रेष्ठको आह्वानमा नेपाली सेना ब्यारेक दोरम्बा, नेपाल प्रहरी, वन कार्यालय दोरम्बा, स्वास्थ्य चौकी दोरम्बा, काकलिङ मावि दोरम्बा र स्थानीय संघ संस्थाका प्रतिनिधिहरु सहितको बैठक सम्पन्न भएको छ । बैठकले आगामी दिनमा हुन सक्ने सम्भावित विपद् न्यूनिकरण गर्न भुमिका खेल्ने र यदी दुर्घटना भएको अवस्थामा तत्काल हेलिकोप्टर मार्फत अस्पतालसम्म पुर्याउनको लागि जुटने सामुहिक प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

बैठकमा नेपाली सेना नन्दबक्स गण दोरम्बा गुल्मपति सेनासी रामचन्द्र कटुवाल, प्रहरी चौकी दोरम्बाका इन्चार्ज राजदेव शाह र स्थानीय वन उपाभोक्ता समितिका पदाधिकारी, विभिन्नराजनीतिक दलका प्रतिनिधिहरु र स्थानीय अगुवाहरुको सहभागीता रहेको थियो । आपतकालिन अवस्थामा हेलिकोप्टर सेवा प्रदानको लागि दोरम्बा बजार नजिकै सार्वजनिक हेलिकोप्टर  स्थल समेत निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्