तीन नम्बर प्रदेशसभा सांसदले लिए सपथ, रामेछापबाट तीन प्रदेश सांसद



७ माघ, हेटौडा । प्रदेश ३ का प्रदेश सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ । सुरुमा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय प्रशासन कार्यालयमा सपथ ग्रहण गराएपछि बाँकी सांसदहरुले सपथ गराइएको थियो । त्यसपछि पौडेलले प्रदेशसभा सदस्यहरुलाई शिक्षा निर्देशनालयको हलमा सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण समारोहमा कतिपय सांसदहरु आफ्नो मौलिक भेषभुषामा सजिएर उपस्थित भएका थिए । रामेछापबाट प्रदेशसभामा तीन जना सांसद भएका छन् । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ बाट शान्ति पौडेल, रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ बाट कैलाश ढुंगेलले प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएका हुन् भने प्रदेशसभाका लागि रामेछापबाट राप्रपाकी रिता माझी समानुपातिकबाट सांसद बनेकी हुन् । प्रदेश नम्बर तीनबाट ११० जना प्रदेशसभा सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्