दोरम्बा गाउँपालिका–७ मा एक दर्जन भैसीको मृत्यु, किसान चिन्तित



७ माघ,रामेछाप
रामेछापको दोरम्बा गाउँपालिका–७ लखनपुरमा एक दर्जन भन्दा बढी भैसीको मृत्यु भएको छ । चौपाया महामारीको कारण एक दर्जन भैसीको मृत्यु भएपछि किसानहरु चिन्तित भएका छन् । गाउँपालिका बैठकले थप चौपाया मर्नबाट जोगाउनको लागि एक लाख रुपैयाँ बजेट छुटयाएर भ्याक्सीन सहित प्राविधिक टोली प्रभावित क्षेत्रमा पठाएको दोरम्बा गाउँपालिका–७ का वटा अध्यक्ष रेम थापाले जानकारी दिए ।


गाउँमा महामारी भएर किसानका भैसी मर्न थालेपछि आज गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान, वडा अध्यक्ष सहितको टोलीले जिल्ला पशुसेवा कार्यालयमा पुगेर प्राविधिक पठाएका छन् । आज नै प्रभावित क्षेत्रमा प्राविधिक पुग्ने वडा अध्यक्ष थापाले बताए ।
चार पाँच दिन अघिबाट फैलिएको महामारीको कारण भएको अनुमान गरिएको छ । अहिले एउटा भैसीको मुल्य पचास हजारदेखि एक लाख रुपैयाँसम्म पर्ने गरेको छ । गाउँगाउँमा सडक सञ्जालको विस्तारसँगै किसानले भैसी पालन व्यवसायलाई नै प्रमुख आम्दानीको स्रोत बनाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्