रामेछापमा २९ वर्ष अघि ज्यान मारेर भाग्ने सुनुवार पक्राउ



७ माघ, रामेछाप । २०४५ साल कात्तिक ३ गते साविक रामेछाप जिल्लाको भुजी गाविस–८ हाल उमाकुण्ड गाउँपालिका–  वस्ने वर्ष ५६ को गाउँघरमा हरि बहादुर सुनुवार भन्ने ज्ञान कुमार सुनुवार पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरीले २९ बर्षपछि पक्राउ गरेको हो । उमाकुण्ड गाउँपालिका–८ का वर्ष १९ को कमल वहादुर सुनुवारको हत्या गरी उनी फरार भएका थिए ।

घटना घटाए पश्चात फरार भई भारतको सिलाङ्गमा बस्दै आएको र रामेछाप जिल्ला अदालत रामेछापबाट १० वर्ष कैद सजाय तोकिएकोले निजलाई जिल्ला प्रहरी कार्यालय रामेछापको विशेष अनुसन्धान टोलीले गहिरो अनुसन्धान गरेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले रामेछाप न्युजलाई जानकारी दिए ।

केही दिन अघि आफ्नै घरमा आई लुकि वसेको भन्ने सुराकीको आधारमा उनलाई पक्राउ गरेको थापाले जानकारी दिए । सुनुवारलाई फेला परी पक्राउ गरी रामेछाप जिल्ला अदालत रामेछापमा दाखिला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्