१२ घण्टादेखि माओवादीको बैठक मन्थलीमा



७ माघ, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापको निर्वाचनको समिक्षा १२ घण्टासम्म निरन्तर रुपमा चलिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समिक्षा गर्नको लागि जिल्लाहरुबीच छलफल भइरहेको छ । बिहान ११ बजेबाट सुरु भएको समिक्षा बैठक अहिले पनि जारी रहेको एक नेताले बताए । निर्वाचनमा प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ विजयी भएका थिए ।

बामगठबन्धनबाट निर्वाचन लड्दा धेरै मतान्तरले जित्ने अपेक्षा गरेपछि करिब ६ हजार मतले पनि विजयी भएका थिए । निर्वाचनमा देखिएको असन्तुष्टि, निर्वाचनमा पार्टीका नेताहरुले खेलेको भूमिका, निर्वाचन प्रचार प्रसारको क्रममा बेथानको चुनावी सभा स्थगित हुनुको कारण लगायतको विषयमा छलफल भइरहेको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्