डुह माविका प्रअ लामा दुर्घटनमा परी घाइते



९ माघ, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–४ बेथानस्थित डहु माविका प्रअ दलबहादुर लामा मोटरसाइकल दुर्घटनमा परी घाइते भएका छन् ।

डहुबाट लुभु जानेमा बाटोमा दुर्घटना भएको हो । उनको प्राथमिक उपचार अहिले बेथान–४ स्थित भ्वाँसाको च्यारिटी अस्पतालमा उपचार भइरहेको बेथानका वडा अध्यक्ष खड्क घिसिङले रामेछाप न्युजलाई जानकारी दिए । अध्यक्ष घिसिङले प्राथमिक उपचार गरेर थप उपचारको लागि काठमाडौ लगिने बताए ।

प्रतिक्रिया दिनुहोस्