भुकम्प पीडितले थप एक लाख रुपैयाँ पाउने



१० माघ, काठमाडौं ।
सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको छ ।
सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो । बुधवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले डितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने विषयमा निर्णय गरेको हो ।

सरकारले यस अघि भुकम्प पीडितहरुलाई घर निर्माणको लागि तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । त्यसैगरी यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई सरकारले घटाएको छ । सरकारले अब ६५ वर्षको उमेर भन्दा बढीलाई बृद्ध भत्ता दिने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहन वस्नेतले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्