रामेछापमा १ सय ५१ घरपरिवार उच्च जोखिममा, सरकारको ध्यान अझै पुगेन



११ माघ, रामेछाप ।
विनाशकारी भुकम्प गएको ३२ महिना वितेपनि भुकम्पको कारण जोखिममा परेका रामेछापका वस्ती सार्नको लागि सरकारले ध्यान दिन सकेको छैन् । जिल्लाको ८ स्थानीय तह अन्तर्गत १ सय ५१ घर परिवार उच्च जोखिमा छन् ।

सरकारले यसअघि नै वस्ती स्थान्तरण गर्ने बताए पनि ती बस्ती सार्ने काम अगाडि बढन सकेको छैन् । सयममा नै उच्च जोखिममा रहेका बस्ती सार्नेतर्फ ध्यान नदिने हो भने मानवयि क्षति हुने सम्भावना रहेको पीडितहरुले बताएका छन् ।
भुकम्पपछि सरकारले अध्ययन अनुसार रामेछापका एक दर्जन भन्दा बढी स्थान उच्च जोखिममा रहेका छन् । भुकम्पको कारण जमिन फाटदा भुकम्प प्रभावित अहिले पनि त्रासकै जीवन विताउन बाँध्य छन् ।

जिल्लाको साविक गाविस, सैपु, दुरुगाउँ, पुरानागाउँ, खिम्ती, फर्पु, कुभुकास्थली, भुजी लगायतका स्थानमा रहेका बस्ती उच्च जोखिमा रहेका छन् । राष्ट्रिय पुननिर्माण जिल्ला समन्वय समिति रामेछापका प्रमुख ऋषि आचार्यले जिल्लाका विभिन्न स्थानका १ सय ५१ घरपरिवार उच्च जोखिममा रहेकाले ती घरपरिवारलाई सुरक्षित स्थानमा ल्याउनको लागि प्रक्रिया सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्