फर्जी नागरिकता प्रकरणः भुजीका वडा अध्यक्ष र वडा सचिव १५ हजार ढरौटीमा छुटे



काठमाडौं ।
रामेछापका उमाकुण्ड गाउँपालिका–७ भुजीका फर्जी नागरिकता प्रदान गर्नको लागि सिफारिस गर्ने वडा अध्यक्ष रुद्रमणि नेवार र वडा सचिव केशरबहादुर खत्री १५ हजार रुपैयाँ ढरौटीमा छुटेका छन् । फर्जी नागरिकता दिलाउन सिफारिस गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्ला अदालत रामेछापमा मुद्दा दर्ता गराएको थियो । अदालतले वटा अध्यक्ष नेवार र वडा सचिव खत्रीलाई १५ हजार ढरौटीमा रिहा गरेको छ ।
नागरिदा दिलाउन भूमिका खेल्ने हरि राई, नक्कली आमा बन्ने भुजीकी दुनिमाया सुनुवार र नक्कली छोरा बनेर नागरिकता लिने डायमन भन्ने निशान सुनुवारलाई भने ६५ हजार ढरौटीमा अदालतले रिहा गरेको छ ।
नागरिकता प्रमाणिकरण गर्ने तत्कालिन रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापा र नासु विश्वनाथ रायलाई भने विभागिय कारवाही हुने भएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिलाई फौजदारी अभियायमा फैसला भए स्वतः निलम्बनमा पर्ने प्रावधान छ । तर अब वडा अध्यक्षले नागरिकताको लागि सिफारिस गर्न पाउने कि नपाउने भन्ने विषयमा पनि स्पष्ट पारिएको छैन । जसले गर्दा जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा अपठ्यारो अवस्था सृजना भएको छ ।

प्रतिक्रिया दिनुहोस्