रामेछापमा नक्कली नागरिकता लिन खोज्ने माझी प्रहरी खोरमा (प्रमाणसहित)



१३ माघ, रामेछाप ।
रामेछापमा नक्कली नागरिकता लिने एक जना फेरि पक्राउ परेका छन् । खाँडादेवी गाउँपालिका–१ राकाथुमका लुभुका विनोद माझीले नक्कली छोरा बनाई भाईको छोरालाई नागरिकता बनाउन खोजेपछि वडा कार्यालयबाटै पक्राउ परेका हुन् ।
प्रक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले सार्वजनिक मुद्दा दर्ता गराएको छ । नक्कली नागरिकता बनाउन खोज्ने माझीलाई प्रक्राउ गरेर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्याय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले बताए । उनले रामेछाप न्युजसँग भने,‘भुजीमा फर्जी नागरिकता बनाउने पाँच जना छुटेकै दिन फेरि नक्कली नागरिकता बनाउन खोज्ने माझीलाई प्रक्राउ गरेर हिरासतमा राखिएको छ ।’


खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले फर्जी नागरिकता बनाउने विनोद माझीको प्रयास आफूले असफल पारेको बताए । उनले रामेछाप न्युजसँग भने‘मैले चलाखीपूर्ण ढंगले उमेर र बुबाको नाम नसोधेको थिएभ ने मलाई झुक्याएर लिने नियत रहेछ, जुन प्रयास असफल भएको छ ।’


नागरिकता लिनको लागि नक्कली बुबा बनेर विनोद माझीले आफ्नो भतिजा विशाल माझीको जन्म दर्ताको फर्म समेत भरेका थिए । तर वडा अध्यक्ष श्रेष्ठले छोरा भनिने विशाल माझीलाई बुबा र उमेर सोध्दा फरक–फरक पाएपछि जन्म दर्ताको फर्म र नागरिकताको सिफारिस लिएर नक्कली बुबा बन्ने विनोद माझीलाई प्रहरी बोलाएर बुझाइदिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्