जेलबाट भागेका रामेछापका टिके डाका गोली लागेर घाइते



१३ माघ, काठमाडौं । श्रृङखलाबद्ध लुटपाट तथा डकैती मुद्दामा जेल परेका रामेछाप दोरम्बा गाउँपालिकाका टीका थापामगर र प्रहरीबीच दोहोर गोली हानाहान भएको छ । गत माघ ४ गते मध्यराती डिल्लीबजार स्थित गोलघरबाट भागेका थापा मगर र प्रहरीबीच शनिवार चितवनको रामनगरमा दोहोरो मुठभेट भएको हो ।

‘टिके डाका’ उपनामले चिनिले थापामगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिए । ‘प्रहरीले जवाफी फायरिङ गर्दा थापाको दाहिने खुट्टा र दाहिने हातमा गोली लागेको छ ।
२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघर तर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो ।

फरार भएलगत्तै टिकेलाई महानगरीय अपराध महाशाखाको टोलीले खोजिरहेको थियो । ना ४७ प ५०५२ नम्बरको मोटरसाइकल हाँकेर शनिबार चितवनको नारायणगढ जाँदै गरेका टिकेलाई महाशाखाको टोलीले भरतपुर नगरपालिका-१ रामनगरस्थित ओम साई पेट्रोल पम्प अगाडि रोक्न खोजेको थियो ।

प्रहरीलाई देखेपछि भाग्न खोजेका महाशाखाको टोलीले उनीमाथि गोली प्रहार गरेको थियो । पाखुरा र तिघ्रामा गोली लागेका टिकेको भरपुरस्थित सरकारी अस्पतालमा उपचार नभएपछि काठमाडौंको वीर अस्पताल रिफर गरिएको छ । चिकित्सकका अनुसार टिकेको गोली लागेको तिघ्रा काट्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्