रामेछापका युवा थिङ र लामा सम्मानित



१३ माघ, काठमाडौं ।
रामेछाप सुनापति गाउँपालिका–३ हिलेदेवीका दुई युवा सम्मानित भएका छन् । नागरिक एकता समाजले सामाजिक कार्यमा योगदान पुर्याएको भन्दै हिलेदेवीका रोज थिङ र तस्बीर लामालाई सम्मान गरेको हो ।


एकता समाजद्धारा राजधानीमा शनिवार आयोजित सांस्कृतिक एवं सम्मान कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले थिङ र लामालाई सम्मान गरेका हुन् ।

रोज थिङलाई ‘वैदेशिक रोजगार सेवा सम्मान’ र तस्बीर मोक्तानलाई ‘राष्ट्रिय सेवा सम्मान’बाट सम्मान गरिएको छ । थिङ जुगल इन्टरनेशनलका अध्यक्ष हुने भने लामा अल्फा कोरियन स्कुलका प्रोपाइटर हुन् ।

प्रतिक्रिया दिनुहोस्