रामेछापमा १ लाख ५० हजार राशीको भलिबल प्रतियोगीता हुँदै



१४ माघ, काठमाडौं ।
रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनमा तेश्रो राष्ट्रिय सिभिल भलिबल प्रतियोगीता बुधबार सुरु हुनेभएको छ । खेलकुदको माध्यबाट जिल्लालाई चिनाउने उदेश्यको साथ भलिबल प्रतियोगीता हुने भएको हो ।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजिक जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले प्रतियोगीतामा १२ टोलीको सहभागिता रहेने बताए । प्रतियोगीता लिगकम नकआउट आधारमा हुनेछ ।

सहभागी टोलीमा पूर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल विकास क्षेत्र, मध्यमश्चिमाञ्चल विकास क्षेत्र र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको सहभागीता रहनेछ । त्यसैगरी साविक विजेता प्याराडाइज युवा क्लब, हिमगंगा रामेछाप, नमुनादीप युवा क्लब, लोकतान्त्रिक खेलकुद संघ रामेछाप, मन्थली युनाइटेड समाज, शान्तीदीप युवा क्लब मन्थली र जिल्ला भलिबल संघ रामेछापको सहभागिता रहने छ ।
अध्यक्ष पुरुषोत्तम कडेरियाले प्रतियोगिताको लागत २३ लाख रुपैया रहेको बताए । शनीबार सम्पन्न हुने प्रतियोगिताको उपाधी विजेता टोलीले १ लाख ५० हजार,उपविजयी टोलीले १ लाख रुपैया पुरस्कार पाउने छ ।

यसैगरी, तेश्रो हुने टोलीले ५० हजार रुपैया पुरस्कार पाउने छ । ३५ हजार रुपैया सान्त्वना पुरस्कार रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार रुपैया पुरस्कार पाउने छन् । उत्कृष्ट, डिफेन्डर, ब्लकर,सेटर, स्पाइकर र सर्वरलाई ५/५ हजार रुपैया प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागी टोलीमा राष्ट्रिय टोलीका सदस्य र विभागीय समेत गरी कुल ३ जना मात्र सेटमा राख्न पाइने जिल्ला खेलकुद विकास समितीका सदस्य सितराम कार्कीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ का सांसद शान्ति पौडेल, रामेछापबाट प्रदेशसभाका सांसद रिता माझी, नेकपा एमालेका जिल्ला इन्चार्ज देवशकंर पौडेल, नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने लगायतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्