एमाले र माओवादीबीच भागवण्डा मिल्यो



१४माघ,काठमाडौं ।
प्रदेशको मुख्य मन्त्री सभामुख र उपसभामुखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भागवण्डा सहमति भएको छ । सएमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको हो । कार्यदलमा चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने र माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख लिने सहमति गरेका छन् । उपसभामुख भने माओवादीले चार वटा र एमालेले दुई वटा प्रदेशमा पाउने सहमति भएको छ ।
कार्यदलमा भएको सहमति अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ भने प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले लिने भएका छन् । यस अघि प्रदेश ६ को मुख्यमन्त्री माओवादीलाई नदिने एमालेका प्रदेशसभाका सांसदहरुले नेतत्वलाई दबाब दिएका थिए । तर भागवण्डा गर्दा दुई वटा प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेको छ ।

प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख माओवादीले पाउने भएको छ । एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेबाट उपसभामुख हुने सहमति भएको कार्यदलका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले बताउनुभयो ।

आइतवार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पक प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेश अन्तर्गतका प्रमुख पदमा टुंगो लगाएको हो । मुख्यमन्त्री र सभामुखलगायत पदका लागि व्यक्तिमा पनि सहमति भइसकेको बताइए पनि अहिलेसम्म औपचारिक रुपमा नाम कार्यदललय सार्वजनिक गरेको छैन् ।

एमालेबाट मुख्यमन्त्रीका रुपमा प्रदेश नं १ बाट शेरधन राई र भीम आचार्य, प्रदेश ३ तीनबाट एमालेका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र केशव स्थापित, प्रदेश ४ बाट किरण र पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ बाट एमालेका शंकर पोखरेल, प्रदेश ६ बाट माओवादीका नेरश भण्डारी र महेन्द्रबहादुर शाही र प्रदेश ७ बाट माओवादीका विरमान चौधरी र झपट रावलको नाम चर्चामा रहेको छ ।

कार्यदलका एक सदस्यका अनुसार अष्टलक्ष्मी शाक्य, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्रबहादुर शाही र वीरमान चौधरीको नाममा ओली र प्रचण्डबीच सहमति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्