रामेछापबाट कैलाश ढुंगेल सकेसम्म मुख्यमन्त्री नभए मन्त्री पक्का



१५ माघ, रामेछाप ।
रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कैलाश ढुंगेलको नाम प्रदेश नम्बर ३ को मुख्य मन्त्रीको रुपमा चर्चामा आएको छ । सांसद ढुंगेलले मुख्यमन्त्रीको लागि नेतृत्वसँग लविङ पनि गरेका छन् । ‘मुख्यमन्त्री पाउनु पर्छ भन्ने मेरो दावी हो’,उनले रामेछाप न्युजसँग भने,‘प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको लागि मैले गृहकार्य गरिरहेका छु ।’ तीनलालको जिल्ला रामेछापवाबाट मुख्यमन्त्री हुनुपर्ने आफ्नो माग रहेको उनले बताए । एमालेले मुख्यमन्त्री छनोट गर्नको लागि मंगलवार पार्टीको स्थायी कमिटिको बैठक बोलाएको छ ।


तीन नम्बर प्रदेशबाट मुख्यमन्त्रीको लागि अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, कैलाश ढुंगेल लगायतको नाम चर्चामा रहेका छन् । ढुंगेले मुख्यमन्त्री नभए पनि मन्त्री भने निश्चित भएको बताइएको छ ।
प्रदेश नम्बर ३ बाट एमालेले मुख्यमन्त्रीसहित ७ मन्त्री पाउँदा अरुण नेपाल, सानुकुमार श्रेष्ठ, केशव स्थापित, कैलाश ढुंगेल, पशुपति चौलागाई, माधव पौडेल, डोरमणि पौडेल, चन्द्र लामालगायत मन्त्रीका सम्भावित नाम हुन् । प्रदेश नम्बर तीनमा बामगठबन्धनको भागवण्डा अनुसार सभामुख पनि एमालेले नै पाएको छ ।

प्रतिक्रिया दिनुहोस्