‘रामेछापको सदरमुकाम मन्थलीमा सुविधा सम्पन्न कभर्ड हल’



१७ माघ, रामेछाप ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले रामेछापको सदरमुकाम मन्थलीमा सुविधा सम्पन्न कभर्ड हल बनाउने राखेपले सहयोग गर्ने बताएका छन् । उनले जिल्ला खेलकुद विकास समिति रामेछापलाई खेल हेर्न आउने दर्शकहरु बस्ने सुविधासम्पन्न कभर्डहल बनाउनको लागि आवश्यक कागजी प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।

सदस्य सचिव विष्टले प्रस्ताव आएपछि छिट्टै प्राविधिक टोली पठाएर सुबिधा सम्पन्न कभर्ड हल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारी काम अघि बढाइने बताए ।

 बुधवारबाट रामेछापको सदरमुकाम मन्थलीमा सुरु भएको तेस्रो राष्ट्रिय सिभिल भविलय प्रतिगोगीतको उदघान गर्दै सदस्य सचिव विष्टले रामेछापको खेलकुद क्षेत्रको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

पूर्वाञ्चलले तेस्रो राष्ट्रिय सिभिल भलीबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । बुधबार भएको प्रतियोगिताको उद्घाटन खेलमा मध्यमाञ्चललाई २६–२४, २३–२५, १९–२५, २५–१९, १५–१३ ले पराजित गर्दै पुर्बाञ्चलले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।
प्रतियोगिताको पहिलो दिन एउटा मात्रै खेल सम्भव भएको थियो । प्रतियोगितामा पूर्वाञ्चल र मध्यमाञ्चलसहित पश्चिमाञ्चल विकास क्षेत्र, मध्यमश्चिमाञ्चल विकास क्षेत्र र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको सहभागिात रहेको छ ।

यसैगरी हिमगंगा रामेछाप, नमुनादिप युवा क्लब, लोकतान्त्रीक खेलकुद संघ रामेछाप, मन्थली युनाइटेड समाज र शान्तीदिप युवा क्लब मन्थलीकोे सहभागिता रहेको छ । शनीबार सम्पन्न हुने प्रतियोगिताको उपाधि विजेता टोलीले एक लाख ५० हजार तथा उपविजेता टोलीले एक लाख प्राप्त गर्ने छन् ।

यसैगरी तेस्रो हुने टोलीले ५० हजार तथा चौथो हुने टोलीले ३५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्बाेत्कृष्ट घोषित हुने खेलाडीले १० हजार तथा उत्कृष्ट डिफेन्डर, ब्लकर, सेटर, स्पाइकर र सर्वरले पनि जनही पाँच/पाँच हजार प्राप्त गर्ने छन् ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला इन्चार्ज देवशकंर पौडेल, रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कैलाश ढुंगेल, एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ, एमाले रामेछाप प्रचार विभाग प्रमुख प्रकाश कार्की, नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्की, लिखु गाउँपालिकाकी उपप्रमुख दिपशिखा दाहाल जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियालगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्