रामेछापमा भलिबल प्रतियोगीताः पश्चिमाञ्चल र शान्तिदीप क्वार्टर फाइनलमा प्रवेश



१८ माघ, रामेछाप ।
सुदुर पश्चिमाञ्चल विकास क्षेत्र, शान्तिदिप युवा क्लब र नमुनादिप युवा क्लब तेस्रो रामेछाप सिभिल भलीबल च्याम्पियनसीपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । यी तीनै टेली समुहमा शीर्ष स्थान हात पार्दै प्रतियोगिताको अन्तिम आठमा पुगेका हुन् ।
समुहमा दोस्रो स्थान हात पारेका पूर्र्वाञ्चल विकास क्षेत्र, मध्यपश्चिमाञ्चल विकास क्षेत्र र हिमगंगा पनि प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । अर्काे समुहबाट लोकतान्त्रीक खेलकुद संघ रामेछाप र मन्थली युनाइटेड पनि क्वार्टरफाइनलमा प्रबेश गरेका छन् । यी दुईबिचको समुह बिजेता र उपबिजेता भने टुङ्गो लाग्न बाँकि छ ।


रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनमा जारी प्रतियोगिताअन्तर्गत बिहिबार भएको समुह एअन्तर्गतको खेलमा सुदुर पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१५,२५–१७, २५–१५ ले पराजित ग¥यो । सुदुरले दिनको आफ्नो दोस्रो खेलमा पूर्वाञ्चललाई पनि २५–१६,२५–१५, २८ –२६ ले पराजित ग¥यो । यस समुहबाट मध्यमाञ्चल बाहिरीएको छ ।
यसैगरी समुहबीको खेलमा लोकतान्त्रीक खेलकुदले पश्चिमाञ्चललाई १४–२५, २५–१९, १९–२५,२५–१७, १५ –११ ले पराजित ग¥यो । मन्थली युनाइटेडले पनि पश्चिमाञ्चललाई २७–२५,२७–२५, २५ –१८ ले पराजित ग¥यो । दुबै खेलमा पराजय बेहोरेको पश्चिमाञ्चल प्रतियोगिताबाट बाहिरीयो ।
मध्यपश्चिमलाई २५–१३, २५–१८, २५ –१९ ले हराउदै शान्तिदिपले समुहसीमा पहिलो स्थान हात पा¥यो । समुहडीमा हिमगंगालाई २५–१८, २५–१४, २५–२० ले हराउदै नमुनादिन पहिलो भयो ।
लिगकम नकआउट आधारमा सञ्चालित प्रतियोगिताको क्वार्टरफाइनल र सेमिफाइनल चरणका खेलहरु शुक्रबार हुने संयोजक सिताराम कार्कीले जानकारी दिए । शनीबार सम्पन्न हुने प्रतियोगिताको उपाधि विजेता टोलीले एक लाख ५० हजार तथा बिजेता टोलीले एक लाख पाउने छ । यसैगरी तेस्रो हुने टोलीले ५० हजार चथा चौथो हुने टोलीले ३५ हजार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्बाेत्कृष्ट एक खेलाडीले १० हजार पाउदा उत्कृष्ट, डिफेन्डर, ब्लकर, सेटर, स्पाइकर र सर्वर पनि पाँच÷पाँच हजारले पुरस्कृत हुने छन् ।

प्रतिक्रिया दिनुहोस्