सुनापति गाउँपालिकामा अब लोडसेडिङ नहुने,गाउँपालिकाले पुरा गर्यो बाचा



२० माघ, रामेछाप ।
सुनापति गाउँपालिकाको पहिलो बैठकले गरेको निर्णय कार्यान्वयनमा आएको छ । गाउँपालिकाले कार्यपालिकाको बैठकले तीन महिनाभित्र उज्यालो सुनापति गाउँपालिका बनाउने निर्णय गरे अनुसार अहिले सबै वडामा विद्युतीकरणको काम सम्पन्न भएको छ ।

सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले सुनापति गाउँपालिकालाई उज्यालो बनाउने अभियान कार्यान्वयन गरेको बताए । उनले भने,‘उज्यालो सुनापतिको प्रतिबद्धता पूरा गरेका छौ, अब सुनापति गाउँपालिका कहिले लोडसेडिङ नहुने गरी जिल्ला सदरमुकामबाट थप लाइन विस्तारको काम पनि भइरहेको छ ।’

अहिले सुनापति गाउँपालिकामा सिन्धुपाल्चोकको लामासाँघु फिडरबाट गाउँपालिकामा विद्युत बलिरहेको छ । लामो लाइन भएकोृ कारण लामो समय विद्युत नआउदा गाउँपालिकाका बासिन्दालाई सास्ती खेप्ने समस्या हटाउनको लागि सदरमुकामबाट पनि थप लाइन जोडने विजुली जाने समस्या समाधानमा काम भइरहेको अध्यक्ष लामाले रामेछाप न्युजलाई बताए । उनले भने,‘हामी प्रतिबद्धता अनुसार गाउँपालिकाका जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउछौ ।’ सुनापति गाउँपालिका–४ बेथान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जन्मभूमि पनि हो ।

प्रतिक्रिया दिनुहोस्