मन्थलीमा चार बर्षभित्र सुविधा सम्पन्न कभर्डहल बन्छः सांसद श्रेष्ठ



२० माघ, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठले चार बर्षभित्र मन्थलीमा सुबिधा सम्पन्न कभर्डहल निर्माण गरिने बताएका छन् । जिल्ला खेलकुद बिकास समिति रामेछापले आयोजना गरेको सिभिल भलिवल प्रतियोगिताको समापन समारोहमा पुरस्कार वितरण कार्यक्रममा उनले मन्थलीमा कभर्ड हल निर्माण गरीने बताएका हुन् ।
‘तपाईहरुले अहिले यस्तो धुलाम्य मैदानमामा बसेर भलिवल हेर्नुपरेको छ’, श्रेष्ठले भने, ‘अवको दुईचार बर्ष भित्र यहाँ सुबिधा सम्पन्न कभर्डहल निर्माण गरीने छ । तपाईहरुले कभर्डहल भित्र बसेर खेल हेर्न पाउनु हुने छ ।’
रामेछापबाट प्रसस्तै राष्ट्रिय तथा अन्तर्राष्टि खेलाडी जन्मिए पनि जिल्लामा सुबिधा सम्पन्न एउटा पनि कभर्ड हल छैन । मैदानको अभावमा जिल्ला खेलकुद बिकास समिति रामेछापले जिल्ला समन्वय समितिकाो हललाई सम्याएर प्रतियोगिताको आयोजना गरेको हो ।
यस अघि प्रतियोगिताको उद्घाटनका लागि पुगेका राष्टिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव कुमार बिष्टले पनि रामेछापमा सुबिधा सम्पन्न कभर्ड हल निर्माण गरीने आश्वासन दिएका थिए । उनले त्यसका लागि जिल्ला खलकुद बिकास समिती रामेछापलाई प्रस्ताव ल्याउन निर्देशन समेत दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्