रामेछापको गेलुमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीयमा खुसीयाली



२१ माघ, रामेछाप ।
नगरपालिकाभित्रका बासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने उदेश्यको साथ रामेछापको मन्थली नगरपालिका–१२ गुलस्थित सिक्रालमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । वडामा नै स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीय खुसी भएका छन् ।


आइतवार आयोजित स्वास्थ्य केन्द्रको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेताले जनता स्वस्थ र शिक्षित भए मात्र देश समृद्धिको बाटोमा अगाडि बढने बताए । स्वास्थ्यको क्षेत्रमा स्थानीय स्वयंसेवीकाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै उनले राज्यले उच्च कदर गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा वडा अध्यक्ष कृष्णहर अधिकारीले वडालाई समृद्ध बनाउने अभियानमा आफू लागि परेकाले सबैको साथ र सहयोगको खाँचो रहेको बताए । कार्यक्रममा नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख एवं जिल्ला युवा समिति अध्यक्ष प्रकाशकुमार कार्की, मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशबराज फुयाँल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्