राष्ट्रियसभा निर्वाचनको लागि बामबन्धनद्धारा नमूना मतदान



२१ माघ, काठमाडौं ।
माघ २४ गते राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने विषयमा बाम गठबन्धनले तीन नम्बर प्रदेशका प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिएको छ ।

आइतवार धोवीघाटमा आयोजित प्रशिक्षण कार्यक्रममा राष्ट्रियसभाका तीन नम्बर प्रदेशका मतदाताहरुले नमूना मतदान गरेका छन् । प्रशिक्षण कार्यक्रममा तीन नम्बर प्रदेशबाट राष्ट्रिय सभाको लागि आठ जना निर्वाचित हुने भएका छन् । एकलसंक्रमणिय निर्वाचन प्रणाली अन्तर्गत महिला, दलित, अल्पसंख्यका उम्मेदवारलाई भोट हाल्ने विधिको रुपमा जानकारी गराइएको छ ।

बाम गठबन्धको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेकपा एमालेका र माओवादी केन्द्रका प्रदेशसभा सांसद, गाउँपालिका प्रमुख उपप्रमुख र नगरपालिका प्रमुख उपप्रमुखहरुको सहभागीता रहेको थियो ।
नेकपा एमालेबाट
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा (महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
माओवादीबाट उम्मेदवार
1 रामबहादुर थापा ‘बादल’ (खुला)
2 गंगा पराजुली (महिला)

प्रतिक्रिया दिनुहोस्