रामेछाप अब पूर्ण खोप जिल्ला घोषणा हुँदै



२१ माघ, रामेछाप ।
रामेछाप जिल्ला अब पूर्ण खोप जिल्ला हुने भएको छ । रामेछाप जिल्लालाई आगामी फागुन २ गते बाट पूर्ण खोप जिल्ला घोषणा गर्न लागिएको हो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम बहादुर खड्काले आगामी फागुन २ गतेबाट पूर्ण खोप जिल्ला गर्ने तयारी गरेको रामेछाप न्युजलाई जानकारी दिए ।


जिल्ला स्वास्थ कार्यालय रामेछाप बजारमा पूर्ण खोप जिल्ला घोषणा गर्न लागिएको छ । पूर्ण खोप जिल्ला घोषणा गर्नको लागि जिल्ला जनस्वास्थ्य अधिकृत कृपा थापा मगरको संयोजकत्वमा, गैरसरकारी संस्था महासंघ, जिल्लाका ८ वटै स्थानीय तहका स्वास्थ्य प्रमुखहरु समेत सदस्य रहने गरी २१ सदस्यीय मुल समारोह समितिको गठन गरिएको प्रमुख खड्काले जानकारी दिए ।
जिल्लाका ६४ वटाहरु सबैमा पूर्ण खोपका लागि आबश्यक पर्ने सम्पुर्ण मापदण्ड पुरा भैसकेकाले जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने गृहकार्य अगाडि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्